दफा ३३
असक्षम मानिने

(१) दफा ३२ मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा नभएको वा त्यस्तो उमेर पुगेको भए पनि होस ठेगानमा नरहेको कारण आफ्नो हक र हित संरक्षण गर्न नसक्ने व्यक्ति कानूनी रूपमा असक्षम मानिनेछ ।स्पष्टीकरण: यस संहिताको प्रयोजनको लागि “होस ठेगानमा नरहेको” भन्नाले शारीरिक वा मानसिक अस्वस्थताका कारण सामान्य समझमा आफूले गरेको काम र त्यसको परिणाम बुझ्न नसक्ने अवस्थामा रहेको सम्झनु पर्छ ।
(२) असक्षम व्यक्तिले कुनै किसिमको कानूनी दायित्व व्यहोर्नु पर्ने छैन र कुनै अधिकार उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत उपयोग गर्नु वा गराउनु पर्नेछ ।
(३) असक्षम व्यक्तिको तर्फबाट कुनै कागज गराउनु पर्दा निजको संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ ।